२४ मंसिर २०८२, मङ्गलवार

टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कारबाट तीन पत्रकार पुरस्कृत

२४ मंसिर २०८२, मङ्गलवार
Image

झापा, २३ मङ्सिर । भ्रष्टाचारको अन्त्य  सुशासन प्रवद्र्धनमा टेवा पुर्याउने तीन जना पत्रकार टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कारबाट आज पुरस्कृत भएका छन् । 

अन्तर्राष्ट्रिय भ्रष्टाचारविरुद्धको दिवसको पारेर आज नेपाल पत्रकार महासंघ झापा शाखाले सो पुरस्कार वितरण गरेको हो । पुरस्कृत हुनेहरुमा पत्रकार इन्दू पूर्वेली, सुरेन्द्र भण्डारी र चिरञ्जिवी घिमिरे रहेका छन् । उनीहरुलाई नेपाल प्रेस काउन्सिलका अध्यक्ष डा. कुमार आचार्यले नगद र सम्मानपत्रले सम्मान गर्नुभएको छ ।

। 

महासंघले हेम सरिता फाउण्डेसन अमेरिकासँगको सहकार्यमा भ्रष्टाचारविरुद्ध तथा सुशासन प्रवद्र्धनको क्षेत्रमा कमल चलाउने र पत्रकारितामार्फत सुशासनको लागि महत्वपूर्ण योगदान पुर्याउने पत्रकारलाई हरेक बर्ष रु. ५० हजार ५५५ राशीको पुरस्कार वितरण गर्दै आएको छ । 

सोही अनुरुप महासंघले यस बर्षको रु. ५० हजार ५५५ राशीको पुरस्कारबाट चिरञ्जिवि घिमिरेलाई सम्मान गरेको छ भने गत २०८१ को पुरस्कारबाट पूर्वेली र भण्डारी रु. २५ हजार २२५ नगद राशीका दरले सम्मानित हुनुभएको छ । 

यस अघि सो पुरस्कारबाट राजबाबू शंकर पुरस्कृत हुनुभएको थियो । पुरस्कारका लागि रु पाँच लाख पाँच हजारको अक्षयकोष स्थापना गरिएको छ । सोही अक्षयकोषको ब्याजवाट पुरस्कार प्रत्येक वर्ष महासंघले पुरस्कार वितरण गर्दै आएको छ।

यसैगरी लैंङिगक हिंसा विरुद्ध कलम चलाउने जोस्ना श्रेष्ठ र रञ्जिता खड्कालाई महासंघले नगद रु पाँच हजारका दरले सम्मान गरेको छ ।