१४ वैशाख २०८१, शुक्रवार

नक्कली धनीपुर्जा काण्ड

नक्कली धनीपुर्जा वितरण गर्ने अर्का एकजना पक्राउ

१८ वैशाख २०८०, सोमवार
Image

काँकरभिट्टा, १८ वैशाख । नक्कली धनीपुर्जा वितरण गर्ने मेची डाँडाका अर्का एकजना पनि पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाले नक्कली धनीपुर्र्जा वितरण गर्ने मेचीनगर–६ स्थित मेची डाँडाका ५४ वर्षीय टंक खड्कालाई पनि पक्राउ गरेको छ ।

प्रहरीले यसअघि सोहि ठाउँका ७५ वर्षीय भुपध्वज दाहाल र ७३ वर्षीय ज्ञानबहादुर गिरीलाई पक्राउ गरेको थियो । 

गिरी, दाहाल र खड्काले मेची डाँडाका करिव २०० जनालाई नक्कली धनीपुर्जा वितरण गरेको दावी गरिएको छ । 

उनीहरु विरुद्ध प्रहरीमा अहिलेसम्म ९२ जनाले नक्कली धनीपुर्जा पाएको भनेर उजुरी आएको डीएसपी दिपक भारतीले बताए ।

उनीहरुले पीडितहरुबाट धनीपुर्जा वापतको १० हजारदेखि ६५ हजार रुपैयाँसम्म रकम लिएको प्रहरीको भनाई छ ।

प्रहरी कार्यालयमा आएर उजुरी दिनेहरुको संख्या बढ्दै गएको भारतीले जानकारी दिए । पीडित स्थानीयको फोटो टासेर सहिछाप किर्ते गर्ने र नक्कली धनीपुर्जा बनाएर ल्याईदिनेका विषयमा अनुसन्धान भइरहेको उनले बताए ।

‘बयानबाट नामहरु लिने काम भइरहेको छ’, डीएसपी भारतीले भने–‘अनुसन्धान अघि सबै भन्न मिल्दैन । अरु पनि पक्राउ परेपछि केहि दिनभित्र सार्वजनिक गछौँ ।’