१६ चैत २०८०, शुक्रवार

कोमलप्रसाद र सुन्दरलाई महानन्द पुरस्कार

१८ वैशाख २०८०, सोमवार
Image

विर्तामोड, १८ वैशाख । यसवर्षको महानन्द पुरस्कार साहित्यकार कोमलप्रसाद पोखरेल रसुन्दर कुरुपलाई दिइने भएको छ ।

नेपाली साहित्य विकास समिति, महानन्द पुरस्कार पुरस्कार समिति र महानन्द स्मृति प्रतिष्ठानले आज यहाँ संयुक्त पत्रकार सम्मेलन गरी पुरस्कार पाउने साहित्यकारको नाम घोषणा गरेको हो ।

पोखरेल कनकाईको सुरुंगा र कुरुप इलामको चुलाचुली निवासी हुनुहुन्छ । उहाँहरुका थुप्रै कृति प्रकाशित छन् । 

यसवर्षदेखि वितरण हुने भवानी घिमिरे रंगपुण्य साहित्य सेवा पुरस्कार इलामेली कवि विमल बैद्यलाई दिइने समेत निर्णय भएको छ । यो पुरस्कार साहित्कार एवम् नेपाल पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष केशव आचार्यले स्थापना गर्नु भएको हो ।

साहित्यकार एवम् राजनीतिज्ञ गोपालकुमार बस्नेतले स्थापना गर्नु भएको पूर्णटुंग स्मृति साहित्य सेवा पुरस्कार पाँचथरका साहित्यकार एवम् पत्रकार प्रेम ओझालाई दिइने भएको छ ।

सबै पुरस्कारको नगद राशी रु. पन्ध्र–पन्ध्र हजारको छ । इलाामको रोङस्थित देवानछापमा यही वैशाख ३० गते यी पुरस्कार वितरण हुने महानन्द सापकोटा स्मृति प्रतिष्ठानका अध्यक्ष वृहस्पति खतिवडाले जानकारी दिनुभयो ।

भाषाशास्त्री सापकोटा मुलुकको मूर्धन्य साहित्यकार एवम् राजनीतिज्ञ समेत रहनु भएको महानन्द पुरस्कार समितिका महासचिव चन्द्र भण्डारीले बताउनुभयो ।