२१ वैशाख २०८१, शुक्रवार

मन्त्री कार्की अस्वस्थ भएपछि वीर अस्पतालमा भर्ना

२४ भदौ २०८०, आइतवार
Image

विर्तामोड, २४ भदौ । कोशी प्रदेशका भौतिक पूर्वाधार निर्माण मन्त्री एकराज कार्की अस्वस्थ भएपछि उपचारका लागि काठमाडौं लगिएको छ ।

नेकपा एमाले विर्तामोड नगर कमिटीका अध्यक्ष सुभाष भट्टराईले मुटुमा समस्या आइरहेका बेला डेंगु समेत संक्रमण भएपछि मन्त्री कार्कीलाई चिकित्सकको परामर्शमा आजै काठमाडौं लगिएको जानकारी दिनुभयो ।

दुई दिन अघिदेखि नै उहाँ अस्वस्थ भएर विर्तामोडको पूर्णटुंग विर्तासिटी हस्पिटलमा उपचारका लागि भर्ना हुनुभएको थियो । आज उहाँमा डेंगु संक्रमण समेत पुष्टि भएको हो ।

शुक्रवार कोशी प्रदेशको मन्त्री पदमा नियुक्त हुनु भएपछि उहाँ नाजुक स्वास्थ्य छँदाछँदै शपथग्रहणका लागि बिराटनगर जानु भएको थियो । शपथपछि फर्केर उहाँ सोही हस्पिटलमा पुनः उपचारका लागि भर्ना हुनुभएको थियो ।

चिकित्सकहरुले उहाँको मुटुको कुनै पनि बेला शल्यक्रिया गर्नुपर्ने हुनसक्ने सल्लाह दिएको एमालेका नगर अध्यक्ष भट्टराईले जानकारी दिनुभएको छ ।

काठमाडौंमा उहाँलाई वीर अस्पतालमा भर्ना गरेर उपचार सुरु गरिएको छ ।