१६ वैशाख २०८१, आइतवार

गोर्खा फाउन्डेसनको अध्यक्षमा गंगालाल गुरुङ सर्वसम्मत

५ फागुन २०८०, शनिवार
Image

मेचीनगर ५ फागुन । द गोर्खा मेमोरियल फाउन्डेसन नेपालको अध्यक्षमा गंगालाल गुरुङ सर्वसम्मत चयन हुनुभएको छ।

काँकरभिट्टामा आज सम्पन्न वार्षिक साधारण सभाबाट उहाँसहित कार्य समिति चयन भएको हो। उपाध्यक्षमा जगत गुरुङ र महासचिवमा आश बहादुर गुरुङ चयन हुनु भएको छ।

संस्थाको अध्यक्ष नगेन्द्र गुरुङको अध्यक्षतामा भएकाे कार्यक्रममा द गोर्खा मेमोरियल फाउन्डेसन युकेका अध्यक्ष धनकिरण गुरुङले नयाँ कार्य समितिको नाम प्रस्ताव गर्नु भएको थियो । उहाँले नयाँ समितिलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।

होटल पेरिसमा भएको कार्यक्रममा पुष्पा गुरुङ अलका गुरुङ लगायत फाउन्डेसनका सदस्यहरूको उपस्थिति थियो ।

फाउन्डेसनले शिक्षा स्वास्थ्य र खेलकुद क्षेत्रमा सहयोग पुऱ्याउँदै आएको छ। 

कार्यक्रममा उपाध्यक्ष गंगालाल गुरुङले र उद्घोषण सन्तोष आचार्यले गर्नुभएको थियो। संस्थाले गरेका सहयोग र गतिविधिका बारेमा जगत गुरुङले चर्चा गर्नुभएको थियो।  

अध्यक्ष नगेन्द्र गुरुङले सो अवसरमा विदाइ मन्तव्य राख्दै संस्थाले सामाजिक क्षेत्रमा निरन्तर काम गरिरहने बताउनु भयो । 

अध्यक्ष गंगालाल गुरुङले प्रतिवद्धता मन्तव्य राख्नु भएको थियो। संस्थाकी सदस्य पुष्पा गुरुङले मन्तव्य व्यक्त गर्नु भएको थियो ।