१८ वैशाख २०८१, मङ्गलवार

मध्यरातमा उठेर भाग्दाभाग्दै हात्तीले मार्यो

१७ चैत २०८०, शनिवार
Image

दमक, १७ चैत । सुतिरहेका ठाउँमा जंगली हात्ती आएपछि उठेर भाग्दाभाग्दै कमल ५ की ५८ वर्षीया खड्गमाया माबो हात्तीको लेखटाईमा परिन् । हात्तीको झम्टाइमा उनको मृत्यु भएको छ ।

यो घटना शुक्रवार राति साढे ११ बजेको हो । उनी छिमेकी एकल महिला पवित्रा बेघाको घरमा सुत्न गएकी थिइन् । राति हात्ती घरमै आक्रमण गर्न आएको थियो ।

बिगत तीन दिनमा झापामा यसरी हात्तीको आक्रमणमा मृत्यु हुनेको संख्या दुई पुगेको छ । गत बुधवार शिवसताक्षी–११ की ६० वर्षीया पवित्रा भेटुवालको पनि स्थानीइ जंगलमा दाउरा खोज्न गएका बेला हात्तीको आक्रमणम मृत्यु भएको थियो ।