१८ वैशाख २०८१, मङ्गलवार

सुरुंगा प्रेस क्लवका अध्यक्ष निरौलालाई मातृशोक

१७ चैत २०८०, शनिवार
Image

झापा, १७ चैत । सुरुंगा प्रेस क्लवका अध्यक्ष एवम् कनकाई खबर अनलाइन पत्रिकाका सम्पादक राम निरौलालाई मातृशोक परेको छ ।

उहाँकी आमा हेमकला निरौलाको आज विहान साढे ९ बजेतिर कनकाई वडा नं. ७ स्थित निजी निवासमा ७० वर्षको उमेरमा आकस्मिक निधन भएको हो ।

स्व. हेमकलाका पति टिकाराम निरौला, एक छोरा राम निरौला र सात जना छोरी हुनुहुन्छ । 

स्व. हेमकला मेचीनगर प्रेस क्लवका अध्यक्ष डम्बर बरालको सासुआमा हुनुहुन्छ ।