१९ वैशाख २०८१, बुधवार

एमएनओ झापाको १५ औं अधिवेशन बैशाख १ मा हुने

२० चैत २०८०, मङ्गलवार
Image

धुलाबारी, २० चैत । मंगोल नेशनल अर्गनाइजेशन (एमएनओ)को १५ औं जिल्ला अधिवेशन बैशाख १ गते हुने भएको छ । 

विर्तामोडस्थित सैनिक बजारमा हुने अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने जनाइएको छ । अधिवेशन सफल पार्नका लागि एमएनओले व्यापक प्रचार प्रसार र चन्दा संकलन गरिरहेको छ । 

अधिवेशनमा सांस्कृतिक झाँकीहरुसहितको शान्तिपूर्ण र्याली गरिने साथै देशको समसायिक राजनीतिक अवस्थाको बारेमा छलफल र बहस गरिने जिल्ला अध्यक्ष बानिरा मेचेले जानकारी दिनुभयो ।

वि.संं. २०६४ सालमा माघ १५ गते एमएनओले निर्वाचन आयोगबाट दर्ता र चुनाव चिन्ह कुखुरा पाएको थियो । हाल एमएनओमा ८० प्रतिशत मुलबासी मंगोल रहेका छन् ।