१८ वैशाख २०८१, मङ्गलवार

विशे नगर्ची राष्ट्रिय सम्मान कार्यक्रम बुधवार

२० चैत २०८०, मङ्गलवार
Image

झापा, २० चैत । गोरखा फाउन्डेसन नेपालले बुधवार पाँच जना विशिष्ट प्रतिभालाई विशे नगर्ची राष्ट्रिय व्यक्तित्व सम्मान अर्पण गर्दैछ ।

फाउन्डेसनका संस्थापक अध्यक्ष बिरु दर्नालका अनुसार सहकारी अभियन्ता महेन्द्र गिरी, चलचित्र नायक राजेश हमाल, चलचित्र निर्देशक तुलसी घिमिरे, प्रमुख जिल्ला अधिकारी सीता परियार र अन्टार्टटिकामा पाइला टेक्ने प्रथम नेपाली भुवनसिंह विश्वकर्मालाई सम्मानित गरिनेछ ।

विर्तामोडको आदर्श ब्याङ्केटमा बुधवार दिउँसो ३ बजे हुने उक्त कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय सभाका सदस्य गोपाल कुमार बस्नेत रहनुहुने छ ।

नेपाल एकीकरणकालमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहलाई गोरखाका विशे नगर्चीले एक रुपैयाँका दरले नागरिकबाट आर्थिक सहयोग लिन सल्लाह दिएका कारण एकीकरण अभियान सफल बनाउन सहज भएको मानिन्छ । तिनै नगर्चीको सम्मानमा फाउन्डेसनले राष्ट्रिय सम्मान स्थापना गरेको हो ।