१८ वैशाख २०८१, मङ्गलवार

बाह्रदशीमा खुकुरी प्रहार गरी श्रीमानले गरे श्रीमतीको हत्या

२२ चैत २०८०, बिहिवार
Image

झापा, २२ चैत ः परपुरुषसँग लागेको आरोप लगाएर बाह्रदशी गाउँपालिका श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । 

बाह्रदशी गाउँपालिका–१ का ३३ बर्षीय देवनारायण राजवंशीले श्रीमती ३३ बर्षीया ममसरी राजवंशीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

चारदिन अघि मात्र देवनारायण बैदेशिक रोजगारीबाट फर्किएका थिए । उनलाई प्रहरीले नियन्त्रणमा लिइसकेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिनुभयो ।