२२ वैशाख २०८१, शनिवार

फर्सीको मुण्टा विक्रीबाट मनग्य आम्दानी

१० वैशाख २०८१, सोमवार
Image

मेचीनगर, ९ बैशाख । कनकाई नगरपालिका–७ का किसान कृष्णप्रसाद भण्डारीले फर्सीको टुप्पा (मुण्टा) विक्रीबाट मनग्य आम्दानी गर्नुभएको छ । 

उहाँले सात कठ्ठा जमिनमा लगाएको फर्सीको टुप्पाबाट मात्र बर्षेनी रु. ५० हजार आम्दानी हुने गरेको जानकारी दिनुभयो । 

चैतको दोस्रो हप्ताबाट टुप्पा उत्पादन गरेर विक्री सुरु गरेको उहाँको भनाई छ । “सुरुमा त राम्रो आम्दानी भयो प्रतिमुठा रु ५० ले बजार पुर्याउन वित्तिकै विक्री हुन्थ्यो”, उहाँले भन्नुभयो, “अहिले पनि रु. ३० देखि ३५ मा विक्री गरिरहेको छु ।”

उहाँले विरुवा लगाएको डेढ महिनादेखि नै फर्सीको टुप्पा टिप्न सुरु गरिने बताउनुभयो । गोबर मलको प्रयोग गरेर उत्पादन गर्दै आएको टुप्पा पूरै अग्र्यानिक रहेको उहाँको दाबी छ । 

विगत पाँच बर्षदेखि उहाँले व्यवसायिक रुपमा फर्सीको टुप्पा उत्पादन गर्दै आएको बताउनुभयो । उहाँले उत्पादन गरेको टुप्पा सुरुंगा बजारमा लगेर विक्री गर्दै आउनुभएको छ । उहाँले फर्सीबाट दोहोरो आम्दानी हुने बताउनुभयो । सुरुमा टुप्पा र पछि गट्टा उत्पादन गरेर विक्री गर्ने गरेको जानकारी दिनुभयो ।