२४ वैशाख २०८१, सोमवार

सुहाङको जितलाई कसैले रोक्न सक्दैन : ओली

१२ वैशाख २०८१, बुधवार
Image

चुलाचुली, १२ वैशाख । नेकपा एमालेका अध्यक्ष एवम्र पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले इलाम–२ को उपनिर्वाचनमा एमाले उम्मेद्वार सुहाङ नेम्बाङको जितलाई कसैले रोक्न नसक्ने बताउनु भएको छ ।

अध्यक्ष ओलीले बुधबार इलाम–२ को दक्षिणी क्षेत्र चुलाचुलीको स्वामीचोकमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उक्त कुरा बताउनु भएको हो । 

देश लगातार ओरालो लागेकोले त्यसलाई रोक्न नेकपा एमालेले मात्र सक्ने दावी गर्दै उहाँले नेकपा एमालेलाई बलियो बनाउन इलाममा सुहाङले जित्न आवश्यक रहेको बताउनुभयो ।

विद्वेष र घृणा फैलाएर देश विकास गर्न नसकिने धारणा व्यक्त गर्दै उहाँले एमाले पहिचान विरोधी नभएको र पहिचानको नाममा सामाजिक सद्भाव भड्काउन नहुने बताउनुभयो ।

इलामा क्षेत्र नं २ बाट सुहाङ नेम्वाङको विजयसँगै नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा (बिप्लब) बीचको एकता र सहकार्य अझ बलियो भएर अघि बढ्ने बताउनुभयो ।

‘सुहाङ जतिको योग्य उम्मेदवार इलाममा कोही छैनन्,’ उहाँले भन्नुभयो–‘इलामको जिम्मा सुहाङलाई दिनुहोस्, सुहाङको जिम्मा म लिन्छु ।’

जनजातिको छोरालाई संविधानसभा अध्यक्ष, सभामुख र मन्त्री बनाउने पार्टी एमाले भएको जनाउँदै उहाँले महिलालाई रक्षा मन्त्री र राष्ट्रपति बनाउने पनि एमाले नै भएको बताउनुभयो ।