९ जेठ २०८१, बुधवार

मेचीनगरका दुई पूर्वमेयर कोइराला र आचार्य सम्मानित

१८ वैशाख २०८१, मङ्गलवार
Image

काँकरभिट्टा, १८ बैशाख । काँकरभिट्टा खोनपानी उपभोक्ता तथा सरसफाई संस्थाले संविधानसभा सदस्य एवम् मेचीनगरका संस्थापक मेयर रविन कोइराला र पूर्व मेयर विमल आचार्यलाई सम्मान गरेको छ ।

संस्थाको आज आयोजित २८ औं साधारणसभामा उक्त सम्मान गरिएको हो । सम्मान ग्रहणको अवसरमा कोइरालाकी पत्नी तीर्था कोइराला र आचार्यकी पत्नी गीता आचार्यको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका महामन्त्री तथा संघीय सांसद् विश्वप्रकाश शर्माले संस्थाका तर्फबाट सम्मान पत्र प्रदान गर्दै दोसल्ला ओढाउनु भएको थियो ।


संस्थाका अध्यक्ष राजकुमार पराजुलीले काँकरभिट्टामा खानेपानी संस्था स्थापना गर्न र त्यसलाई विस्तार गर्न उहाँहरु दुबै जनाले अतुलनीय योगदान पुर्याउनु भएको बताउनु भएको छ ।

कार्यक्रममा उत्कृष्ट कर्मचारीको रुपमा सुस्मिता भट्टराईलाई पुरस्कारसहित सम्मान गरिएको थियो ।