२३ भदौ २०८१, आइतवार

तीन दिने उद्घोषण तथा माइन्यूट लेखन तालिम सुरु

१९ वैशाख २०८१, बुधवार
Image

धुलाबारी, १९ बैशाख । थोप्लेविरान महिला कृषि सहकारी संस्थाले ग्रामीण क्षेत्रका महिलाहरुलाई लक्षित गरी तीन दिने उद्घोषण तथा माइन्यूट लेखन तालिम सुरु गरेको छ । 

मेचीनगर नगरपालिका वडा नम्बर ९ को आर्थिक सहयोगमा आयोजित तालिम महिलाहरुको व्यक्तित्व तथा नेतृत्व क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको हो । 


वडा सदस्य अरुणा राजवंशीको प्रमुख आतिथ्यमा भएको कार्यक्रम समूहका ६० बढी महिलाको उपस्थिति रहेको छ । कार्यक्रममा वडा सदस्य सुस्मा डोली कार्कीे, इन्द्रेणी साहित्यिक मञ्चकी अध्यक्ष मीरा पोखरेल,लक्ष्मी श्रेष्ठलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । 

संस्थाकी अध्यक्ष मञ्जु प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष जानुका ओलीले संस्था र कार्यक्रमको बारेमा प्रकाश पार्नुभएको थियो । ओलीले अझै पनि महिलाहरु निर्धक्क बोल्न र लेख्न सक्ने अवस्थामा नपुगेको हुँदा तालिमको आयोजना गर्नुपरेको बताउनुभयो ।

अध्यक्ष प्रधानले संस्थाले महिलाहरुको शसक्तिकरणका लागि विभिन्न कार्यक्रम गर्दै आएको जानकारी दिनुभयो । आजबाट सुरु भएको तालिमको पत्रकार अम्बिका भण्डारी र साहित्यकार मिरा पोखरेलले सहजीकरण गर्नुभएको छ । 

कार्यक्रम संस्थाकी सचिव तारा पौडेलले सञ्चालन गर्नुभएको थियो ।