८ कार्तिक २०८१, बिहिवार

प्रधानमन्त्री प्रचण्डद्वारा ‘झापाको पत्रकारिता’ पुस्तक विमोचन

२१ वैशाख २०८१, शुक्रवार
Image

झापा, २१ बैशाख । प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले झापाको पत्रकारिता पुस्तकको विमोचन गरेका छन् ।

नेपाल पत्रकार महासंघ झापाद्धारा प्रकाशित उक्त पुस्तक प्रधानमन्त्री प्रचण्डले शुक्रबार काठमाडौंमा विमोचन गरेका हुन् ।

राष्ट्रिय सभागृहमा आयोजित नेपाल पत्रकार महासंघको २७ औं महाधिवेशन उद्घाटन समारोहमा झापाको पत्रकारिता पुस्तकको विमोचन गरिएको हो ।

नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीका अनुसार पुस्तकमा झापाको पत्रकारिताको इतिहासको दस्तावेजीकरण, ०४० सम्मका अग्रज पत्रकारहरुको परिचय, महत्वपूर्ण अभिलेख, महासंघको हाल सम्मका कार्यसमितिको विवरण लगायतका विषय समेटिएको छ । कभर सहित २७६ पृष्ठको पुस्तकमा अग्रलेख, अन्तरबोध खण्ड, संस्मरण र लेख खण्ड र अभिलेख खण्डमा इतिहासका विविध विषय समेटिएको छ ।

सात दशक पार गरेको झापाली पत्रकारिताको बारेमा बुझ्न, खोज अध्ययन अनुसन्धान गर्न चाहने जोसुकैका लागि पुस्तक उपयोगी हुने अध्यक्ष गिरीले बताए । पुस्तकको सम्पादक अग्रज पत्रकार गोपाल गिरी र राजबाबु शंकर रहेका छन् ।