२३ भदौ २०८१, आइतवार

घरभित्रै झुक्किएर नांगो तार छोइँदा युवाको मृत्यु

१० साउन २०८१, बिहिवार
Image

झापा, १० साउन । घरको बरण्डामा झुक्किएर नांगो तार छोइँदा कचनकबल वडा नं. ४ का १५ वर्षीय विशाल साहको मृत्यु भएको छ ।

वुधवार राति १० बजेतिर खानेपानी धाराबाट आउने क्रममा बरण्डाको बिजुलीको तार छोइँदा करेन्ट लागेर विशाल गम्भीर घाइते भएपछि तत्काल उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र पुर्याइएको प्रहरीले जनाएको छ ।

केन्द्रका चिकित्सकले चेकजाँच गर्दा विशालको मृत्यु भइसकेको बताएका थिए । 

पछिल्लो समय करेन्ट लागेर मृत्यु हुने घटना बढेको छ । करेन्ट लगाएर माछा मार्दा र प्राविधिक जानकारी बिना घरमा बिजुलीको काम गर्दा धेरैजसो दुर्घटना हुने गरेका छन् ।

पानी तान्ने मोटरको तार चलाउँदा र एक स्थानबाट अर्को स्थानमा बिजुली लैजाँदा नांगो तारको असुरक्षित प्रचलन बढेकाले मानवीय क्षति हुने गरेको घटनाहरुले देखाउँछ ।