२३ भदौ २०८१, आइतवार

पालिकाले तिरेनन् सडकबत्तीको महसुल

१२ साउन २०८१, शनिवार
Image

झापा, १२ साउन । नेपाल विद्युत प्राधिकरणको अनारमनी वितरण केन्द्र अन्तर्गत छ वटा नगरपालिका र पाँच वटा गाउँपालिकाका उपभोक्ताले विद्युत सेवा पाउँदै आएका छन् ।

अधिकांश पालिकाले सडक बत्ती अन्तर्गतको प्राधिकरणलाई तिर्नुपर्ने विलको रकम नतिरेको उहाँले गुनासो गर्नुभयो । 

अनारमनी वितरण केन्द्र अन्तरगत विर्तामोड, अर्जुनधारा, कनकाई नगरपालिका, मेचीनगरका वडा नम्बर ११, १२, १३ र १४, शिवसताक्षी नगरपालिकाका वडा नम्बर ७ र १०, इलाम जिल्लाको माई नगरपालिकाको वडा नम्बर ५, झापा गाउँपालिकाको १–७ वडासम्म, हल्दिबारी गाउँपालिकाको वडा नम्बर १, बुद्धशान्ति गाउँपालिका–५, रोङ गाउँपालिका–२ पर्दछन् ।

उहाँले अधिकांश पालिकाहरुको सार्वजनिक भवन, सडक वत्ती वापतको रकम भुक्तानी गर्न बाँकी रहेको बताउनुभयो । बाह्रदशी गाउँपालिकाको रु. ५५ लाख ३८ हजार ४६, विर्तामोड नगरपालिकाको रु. २९ लाख ७४ हजार ९५७, मेचीनगर नगरपालिकाको रु. १० लाख ८८ हजार ६२१ र कनकाई नगरपालिकाको रु. १० लाख ६३ हजार ७३९ बक्यौता रकम तिर्न बाँकी रहेको उहाँले जानकारी दिनुभयो । उहाँले सबै पालिकाहरुलाई बारम्वार पत्राचार गरेर बक्यौता रकम बुझाउन आग्रह गरिरहेको बताउनुभयो ।