२३ भदौ २०८१, आइतवार

मन्दिर परिसरमै चराका दर्जनौं बचेरा मारिए

१२ साउन २०८१, शनिवार
Image

मेचीनगर, १२ साउन । काँकरभिट्टाको हनुमान मन्दिर परिसरमा रहेको रुख काट्दा आज दर्जनौं चराका बचेरा भुइँमा बजारिएर मरेका छन् ।

एसियन हाइवेको निर्माण भइसकेको उक्त स्थानमा आज दिउँसो रुख कटान गरिएको थियो । रुखको हाँगाहरुमा साइबेरिया लगायतका टाढाबाट आएका पाहुना चराले बचेरा हुर्काइरहेका थिए ।

चराले बचेरा कोरलेको मौसममा रुख काट्नु र अबोध बच्चा चराहरु मार्नु मानवीयताको पराकाष्ठा भएको भन्दै मेची चरा तथा बन्यजन्तु समाजका अध्यक्ष देबेन्द्र खरेलले विरोध जनाउनु भएको छ ।

ठूलो प्रजातिका बकुल्ला लगायतका चराले बर्खाको यो सिजनमा बर र पिपल लगायतका रुखको हाँगामा गुँड बनाएर बचेरा हुर्काउने गर्दछन् ।

कपिय चरा रैथाने हुन्छन् भने धेरैजसो साइबेरियाबाट बचेरा कोरल्नकै लागि टाढाको यात्रा तय गरेर आएका हुन्छन् ।

क्रूरतापूर्वक चराका बचेरा मारिएको र गुँड भत्काएको देख्दा मन रोएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

‘कि अस्ति नै रुख काट्नु पथ्र्यो, कि एक महिना पर्खेर काट्नु पथ्र्यो,’ समाजका अध्यक्ष खरेल भन्नुहुन्छ–‘चरा प्रजननको सिजनमा यसरी रुखहरु काटिनु र बचेराहरु मारिनु घोर आपत्तिजनक कार्य हो ।’

यहाँ क्लिक गरेर भिडियो हेर्नुहोस्-