८ कार्तिक २०८१, बिहिवार

झापाका धार्मिक अभियन्ता खतिवडा काठमाडौंमा पक्राउ

१४ साउन २०८१, सोमवार
Image

झापा, १४ साउन । आफूलाई ज्योतिषी तथा धार्मिक अभियन्ता बताउने झापाका पुष्कर खतिवडा काठमाडौंमा आज पक्राउ पर्नु भएको छ । 

प्रधानमन्त्रीसहित प्रमुख नेताहरुको मृत्युको कामना गर्दै पूजापाठ गरिरहेको अवस्थामा उहाँलाई  काठमाडौंको प्रहरीले आज विहान मण्डिखाटारस्थित निवासबाटै नियन्त्रणमा लिएको थियो ।

पक्राउ परेका उहाँलाई काठमाडौं जिल्ला अदालतले ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

चार दिनअघि नेताहरूको मृत्युको कामना गर्दै अनुष्ठान आयोजना गर्न लागेको उहॉले सामाजिक सञ्जालमार्फत घोषणा गर्नु भएको थियो ।

युट्युवरहरुलाई भिडियो खिच्न लगाएर मन्त्रोच्चारण गरिरहेको अवस्थामा उहाँलाई प्रहरीले पक्रिएको बताइएको छ ।