मेचीनगर, ९ भदौ । अखिल नेपाल महिला संघ मेचीनगर कमिटीको अध्यक्ष पदमा हेमा सिटौला सर्वसम्मत चयन हुनुभएको छ ।
संघको काँकरभिट्टामा आयोजित दोस्रो नगर अधिवेशनले उहाँका अध्यक्षतामा ४५ सदस्यीय समिति चयन गरेको हो ।
यसअघि उहाँ उपाध्यक्षको जिम्मेवारीमा हुनुहुन्थ्यो । कमिटीको उपाध्यक्ष पदमा अनिता गुरागाई, सचिव पदमा अम्बिका मैनाली प्रसाई, सहसचिव पदमा भिमकला खरेल शिवाकोटी, कोषाध्यक्ष पदमा कविता खनाल मिजारसहित ४५ जना सदस्य चयन भएको निर्वाचन समिति संयोजक मीना पोखरेल उप्रेतीले जानकारी दिइन् ।
निवर्तमान अध्यक्ष जानुका ओलीले आफ्नो दुई वर्षे कार्यकालमा गरेका राम्रा कामको सबैले प्रशंसा गरेका थिए । नवनिर्वाचित अध्यक्ष सिटौलाले नगरका महिलाहरुलाई अन्य दलका संघ–संगठन भन्दा बलियो र मजवुत संगठन बनाएर सबै महिलाहरुलाई समेटेर लैजाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।