१० फागुन २०८२, आइतवार

कांग्रेसको शिक्षा विभागमा १० सदस्य मनोनीत

१२ असोज २०८१, शनिवार
Image

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शिक्षा विभागमा १० सदस्य मनोनयन गरेका छन् ।

केन्द्रीय सदस्य नैनसिंह महर प्रमुख रहेको कांग्रेसको शिक्षा बिभागमा कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम सभापति देउवाले १० सदस्य  मनोनयन गरेको कार्यवाहक मुख्यसचिव प्रदिप पराजुलीले जानकारी दिएका हुन् ।

मनोनित सदस्यमा प्रा.डा. कमलदीप ढकाल, सिन्धुली, राजकुमार आचार्य, खोटाङ, पुजा पासवान, महोत्तरी, हरिसिंह के.सी., धादिङ, बिक्रम पाण्डे, काठमाडौं, राजन श्रेष्ठ, काठमाडौं, किरण भट्ट, गोरखा, 
लालमणि भण्डारी, दाङ, खेमराज के.सी., दैलेख र तारामान रावल, कैलाली रहेका छन् ।