२० असोज २०८१, आइतवार

बुबाकाे नाममा छाेरी निरूपाले ल्याइन् 'चितवन शिखरबास स्मृतिबिम्ब'

२० असोज २०८१, आइतवार
Image

काठमाडौं, २० असाेज । वरिष्ठ आख्यानकार डा ध्रुबचन्द्र गौतमले आज काठमाडौंमा साहित्यकार चितवन शिखरबास स्मृतिबिम्बको विमोचन गरेका छन ।

 

त्यसअवसरमा उहाँले साहित्यकार चितवन शिखरबासले नेपाली, हिन्दी, बगाली र उर्दु भाषामा साहित्य सृजना गरेर ठूलो योगदान पुर्याएको बताए । प्रमुख अथिति डा गौतमले तत्कालनी समयमा चर्चामा नआएको भएपनि उहां सृजनाका कारण सधैँ जिवित रहिरहनेसमेत बताए । पचास वर्षअघि साहित्यमा सक्रिय चितवन शिखरबासका अप्रकाशित कृतिहरु प्रकाशन गर्ने चाँजोपाँजो मिलाउनु पर्ने पनि उनले जनाएका छन ।

 

विमोचित कृतिको समीक्षा गर्दै कवि तथा समालोचक प्राडा शैलेन्द्रुप्रकाश नेपालले चितवन शिखरबास प्रगतिशील र समाजिक रुपान्तरणका पक्षमा वकालत गर्ने लेखक भएको बताए ।  कवि तथा समीक्षक हरि अधिकारीले एउटी छोरीले आफ्नो बुबाको सम्मानमा गरेको काम विशिष्ट र सम्मानयोग्य रहेको बताए । विमोचन गरिएको चितवन शिखरबास स्मृतिबिम्ब साहित्यकार निरुपा प्रसुनले सम्पादन गरेकी हुन । चितवन शिखरबासकी उहाँ कान्छी सुपुत्री हुनु । कवि मणि लोहनीले साहित्यकार चितवन शिखरबासको रचनामा प्रगतिशीलता र आध्यात्मिकताको संगम भेटिने बताए ।

 

कृतिका सम्पादक तथा कार्यक्रमका सभापति लेखक निरुपा प्रसुनले आफ्ना पिता चितवन शिखरबासका बारेमा विविध स्मंरणहरु सुनाएकी थिइन ।  चितवन शिखरबास स्मृतिबिम्बमा २७ जनाले उहाँमाथि लेखेका लेख र स्मंरणहरु समावेश छन् । १९९८ सालमा चितवनमा जन्मिएका चितवन शिखरबासको २०७६ सालमा निधन भएको थियो । उनका कथा कविताका एक दर्जनभन्दा बढि कृति प्रकाशित छन् ।