२० असोज २०८१, आइतवार

विज्ञानलाई सत्य मान्ने भौतिकवादीहरुको प्रथम जिल्ला भेला सम्पन्न

२० असोज २०८१, आइतवार
Image

बिशाल बस्नेत/न्युज कारखाना 

२१ असोज, महोत्तरी 

धर्मका नाममा हुने संस्कार असत्य भएको अभियान चलाईरहेको भौतिकवादी समाजले महोत्तरीमा  प्रथम भेला सम्पन्न गरेका छ ।

विज्ञान नै सत्य हो भन्ने निष्कर्ष सहित गठन भएको भौतिकवादी समाज केन्द्रिय समितिले महोत्तरीमा सनिवार  प्रथम भेला सम्पन्न गरेको हो । भेलाले उपेन्द्र भगतको अध्यक्षतामा ११ सदस्य रहनेगरी जिल्ला आयोजक समिती निर्माण गरेको छ् । 

जसमध्ये उपाध्यक्षमा लाल वहादुर बिस्वकर्मा, सचिवमा भिम कुमार राउत, कोषाध्यक्षमा बुद्धिमाया बिस्वकर्मा, सदस्यहरुमा विशाल बस्नेत, गंगा सापकोटा, अनिशलाल दास र निरोज अधिकारी(ओसन) रहेका छन ।   त्यसैगरी सल्लाहकारमा मदन प्रभात, शंकर महतो र सावित्री मिश्र निर्वाचित भएको भौतिकवादी समाजले जनाएको छ ।

भौतिकवादी समाज कुनैपनी कम्युनिष्ट पार्टीको भातृ संगठन नभएको वताउदै समाजका केन्द्रिय सदस्य रोशन जनकपुरीले यो नितान्त भौतिकवादीहरुको साझा संगठन भएको वताए । `अन्धविश्वास, रुढीबादी र पाखण्डले समाज क्षयिकरण भएको दावी गर्दै समाजका केन्द्रिय अध्यक्ष बैधनाथ श्रमजीवीले  वैज्ञानिक विचारले ओतप्रोत समाज निर्माण गर्नु पर्नेमा जोड दिए ।

 राज्यद्वारा लामो समयदेखि अन्धविश्वासहरु सक्तिको आडमा लाद्ने काम भएको हुनाले सिङ्गो समाज नै मनोरोगी भएको धारणा राख्दै अध्यक्ष श्रमजीवीले भने - ` मनोरोगीहरुको उपचार गरेर पकृतिमैत्री तथा विवेकशील समाज निर्माणमा भौतिकवादी समाज लागिरहेको छ ।´