२० असोज २०८१, आइतवार

दाउन्ने सडक दुई तर्फी संचालन

२० असोज २०८१, आइतवार
Image

नवलपरासी । दाउन्ने सडक दुई तर्फी संचालन भएको छ ।

जिल्ला प्रहरी कायालयका अनुसार बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित खोर्सानीखोलामा सड्क भासिएपछि एकतर्फी मात्र संचालनमा रहेको सडक आइतबारदेखि दुई तर्फी सुचारु भएको ।

प्रहरीले सडक मर्मत गरी दुईतर्फी सञ्चालनमा ल्याए पनि सडक भासिनेक्रम नरोकिएकाले सतर्कता अपनाउन प्रहरीले आग्रह गरको छ ।

यस अघि शुक्रबार साझँ ५:४५ बजे करिब २० फिट लम्बाइ र ५ फिट सडक भासिएको थियो भने त्यसअघि असोज १४ गते पनि खुर्सानी खोला क्षेत्रमा नै सडक भासिएको थियो ।

दाउन्ने क्षेत्रमा नारायणगढ बुटवल सडक विस्तारको क्रममा तीन लेनमा सडक विस्तार गर्न खनिएका स्थानमा माटो खुकुलो हुँदा सडक भासिने र पहिरो खस्ने गरेको छ ।