२० असोज २०८१, आइतवार

प्रधानन्यायाधीश राउतले लिए शपथ

२० असोज २०८१, आइतवार
Image

काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा राउतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको लिएका हुन् ।

शपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्री, उपसभामुख, मन्त्रीहरू, सर्वोच्च अदालतका न्यायाधीशहरू, संवैधानिक अंगका प्रमुख, सुरक्षा निकायका प्रमुखलगायत उच्च पदस्थ अधिकारीको उपस्थिति रहेको थियो ।