२० असोज २०८१, आइतवार

सुदूरपश्चिमबाट बाहिरियो मनसुन

२० असोज २०८१, आइतवार
Image

काठमाडौँ । यस वर्षको मनसुन नेपालको सुदूरपश्चिम प्रदेश लगायत कर्णाली प्रदेशका धेरै तथा लुम्बिनी प्रदेशको पश्चिमी भू-भागको थोरै स्थानहरूबाट बाहिरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायु कमजोर हुदै गईरहेको हुनाले नेपालको बाँकी भू-भागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको देखिन्छ । मौसम पूर्वानुमान महाशाखाले नियमित रुपमा मनसुन बहिर्गमन प्रक्रियालाई अनुगमन गरिरहेको छ र यस सम्बन्धी थप जानकारी अद्यावधिक गर्दै जाने जानकारी दिएको छ ।