अहिले भर्खरै
अहिले भर्खरै
धुलाबारी, ११ मंसिर । मेचीनगर नगरपालिकाले धुलाबारी बजारमा सडक अतिक्रमण गरेर निर्माण गरिएका घर, पसल लगायतका संरचना भत्काउन सुरु गरेको छ ।
आज विहानदेखि नगरपालिकाका नगर प्रहरीहरु डोजरसहित त्यस्ता संरचना भत्काउन खटिएका छन् । वडा नं. ९ र १० का वडाध्यक्षहरु तामाङ र नारायण खनाल संरचना हटाउने कार्यस्थलमा उपस्थित हुनुहुन्थ्यो ।
विश्व बैंकको सहयोगमा धुलाबारीदेखि शान्तिनगर जोड्ने सडक फराकिलो रुपमा कालोपत्रे बन्न लागेको हुँदा अतिक्रमित संरचनाहरु हटाएर सडकको क्षेत्र क्लियर गर्नु परेको वडाध्यक्षहरुले स्थानीयलाई सम्झाएका थिए ।
धुलाबारी मोडदेखि उत्तर लगभग एक सय मिटरको दूरीमा पश्चिम किनारका विभिन्न संरचनाहरु भत्काइएका छन् । यो समाचार तयार पार्दासम्ममा घरधनी तथा पसलेहरुले भत्किएको स्थानबाट आफ्ना सामानहरु सुरक्षित स्थानमा सारिरहेका छन् ।