झापा, ५ माघ । मेचीनगरस्थित त्रिदेव बहुमुखी क्याम्पसको प्रमुखमा वौद्धिक व्यक्तित्व गोपीकृष्ण भट्टराई नियुक्त हुनु भएको छ ।
क्याम्पस सञ्चालक समितिको शुक्रवार सम्पन्न बैठकले उहाँलाई आगामी चार वर्षका लागि क्याम्पस प्रमुख नियुक्त गरेको समितिका अध्यक्ष हरि घिमिरेले बताउनुभयो ।
यसअघि त्रिदेव क्याम्पसमा माधव प्याकुरेल प्रमुख हुनुहुन्थ्यो । स्थापना कालदेखिकै क्याम्पस प्रमुख प्याकुरेलले हालै अवकाश लिनु भएको थियो ।
वि.सं. २०६५ सालदेखि १२ बर्षसम्म कन्काई बहुमुखी क्याम्पसमा स्नातकोत्तर तहको शिक्षण अनुभव प्राप्त भट्टराई त्रिदेव बहुमुखी क्याम्पसका संस्थापक शिक्षक हुनुहुन्छ ।