३० फागुन २०८१, शुक्रवार

रोटरीको मेचीनगर अध्यक्षमा पाठक

५ माघ २०८१, शनिवार
Image

झापा, ५ माघ । रोटरी क्लब अफ मेचीनगरको सन् २०२५/०२६ को अध्यक्षमा रोटरियन शर्मिला पाठक चयन हुनु भएको छ । 

आज कालिका सिमसारमा सम्पन्न संस्थाको आज सम्पन्न पाँचौं साधारण सभाले पाठकलाई अध्यक्षमा छनौट गरेको हो । 

समितिको सचिवमा पवित्रा विमली प्रसाई, कोषाध्यक्षमा निखिल बंशल, प्रेसिडेन्ट इलेक्टमा दिनेश शाक्य र प्रेसिडेन्ट नोमिनीमा कृष्ण काफ्ले छनौट हुनु भएको छ । 

समितिको प्रथम उपाध्यक्षमा भूमि पौडेल, द्वितीय उपाध्यक्ष ध्रुवकुमार ओली, टेक कोअर्डिनेटर थुंकु नेम्वाङ, सर्गेन्ट एन्ड आर्म गीता पौडेल (उर्मिला) र क्लव ट्रेनरमा अनन्तप्रकाश वस्ती छनौट हुनु भएको छ ।

क्वलका साविक अध्यक्ष कमल कोइरालाको सभापतित्वमा साधारण सभा सम्पन्न भएको थियो । क्लवले आजै वनभोज कार्यक्रम आयोजना गरेको थियो ।