झापा, ६ माघ । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापामाथि शनिवार भएको आक्रमणको नेपाली कांग्रेसले निन्दा गरेको छ ।
नेपाली कांग्रेसका केन्द्रीय कार्यालयका सचिव कृष्णप्रसाद पौडेलले आइतबार बिहान विज्ञप्ति जारी गर्दैं आक्रमणमा संलग्न व्यक्तिलाई कडा कारबाही गर्न सरकारसँग माग गर्नु भएको छ ।
थापा नेपाली कांग्रेसको कोशी प्रदेश समितिका सभापति एवम् प्रदेश संसदीय दलका नेतासमेत हुनुहुन्छ ।
नेपाल प्रेस युनियन झापाको साधारणसभामा सहभागी भएर घर फर्किरहेको अवस्थामा शनिबार साँझ सुरुंगामा उहाँमाथि आक्रमण भएको थियो । आँखा र निधारमा चोट लागेको उहाँको विर्तासिटी हस्पिटलमा उपचार भएको थियो ।
आक्रमण गरेको आरोपमा प्रहरीले शनिबार नै विद्युत प्राधिकरणका दुई जना कर्मचारी पक्राउ गरिसकेको छ ।