१९ चैत २०८१, बुधवार

‘उज्यालो म्यान’ विद्युत प्राधिकरणबाट बर्खास्त

१० चैत २०८१, सोमवार
Image

झापा, ११ चैत । ‘उज्यालो म्यान’को रुपमा लोकप्रिय कुलमान घिसिङलाई सरकारले वर्खास्त गरेको छ ।

उहाँले म्हाल्दै आएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक पदमा हितेन्द्रदेव शाक्य नियुक्त हुनुभएको छ ।

मन्त्रिपरिषद्को आज साँझ बसेको बैठकले कुलमानलाई हटाएर शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको स्रोतलाई उद्धृत गर्दै राजधानीका सञ्चार माध्यमहरुले जनाएका छन् ।

सरकारका तर्फबाट भने यस विषयमा जानकारी दिइएको छैन ।

कुलमानलाई हटाउने विषयमा ऊर्जामन्त्री दिपक खड््काले मन्त्रीपरिषद्मा प्रस्ताव लैजानु भएको थियो ।

कुलमानलाई हटाउने निर्णयको विरोधमा सामाजिक सञ्जाल तातेको छ । उहाँलाई हटाएकोमा सञ्जालमा व्यापक विरोध भइरहेको छ ।