१९ चैत २०८१, बुधवार

इटहरीको प्लाजामा आगलागी, हेलिकप्टर समेत परिचालन

१२ चैत २०८१, बुधवार
Image

झापा, १३ चैत । इटहरी चोकमै रहेको सेन्टर प्लाजामा अहिले आगलागी भइरहेको छ ।

प्लाजाभित्र फँसेका पाँच जनाको प्रहरीले उद्धार गरेको जनाएको छ ।

इटहरी उपमहानरपालिका-६ स्थित सेन्टर प्लाजामा बिहान साढे ९ बजेदेखि आगलागी भएको हो ।

आगो नियन्त्रणका लागि अहिले सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाका साथै स्थानीयसमेत खटिएका छन् । 

उक्त प्लाजामा केही व्यक्ति रहेको आशंकामा उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर समेत पठाइएको छ ।