१९ चैत २०८१, बुधवार

आगलागी अपडेट

प्लाजाभित्र अझै ३ जना उद्धारको पर्खाइमा, १६ जनाको उद्धार भइसक्यो

१२ चैत २०८१, बुधवार
Image

झापा, १३ चैत । इटहरीको प्लाजामा भएको आगलागीमा फसेका १६ जनाको उद्धार गरिएको छ । उद्धार हुनेहरुमा ११ पुरुष र ५ महिला छन् ।

बिहान साढे ९ बजेदेखि भएको आगलागीमा उनीहरु फसेका थिए ।

उक्त प्लाजामा केही व्यक्ति रहेको आशंकामा उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर समेत परिचालित छ ।  हेलिकप्टरबाट समेत उद्दार सुरु गरिएको छ ।

अझै प्लाजाभित्र ३ जना फसेको देखिएको उद्धारकर्ताहरुको भनाइ छ । उनीहरु उद्धारको पर्खाइमा छन् ।