२८ असार २०८२, शनिवार

प्रधानमन्त्री ओली आज गृहजिल्ला आउँदै

२८ असार २०८२, शनिवार
Image

फाइल फोटो ।

झापा, २८ असार । प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा आउँदै हुनुहुन्छ । उहाँ भोलिसम्म झापा रहने कार्यक्रम छ ।

प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार आज विहान ११ बजे चन्द्रगढी विमानस्थलमा उहाँ आउनु हुनेछ ।

साढे ११ बजे बुद्धशान्ति वडा नं. ३ स्थित भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उहाँले उद्घाटन गर्ने कार्यक्रम छ । त्यसपछि दक्षिणी इलामको माई नगर अस्पतालको उद्घाटन गर्न उहाँ बुद्धशान्तिबाट इलाम जानु हुनेछ ।

इलामबाट फर्किएर आज ३ बजे प्रधानमन्त्री ओली कनकाई नगरपालिकाका सुकुम्बासीहरुलाई जग्गाको धनीपूर्जा वितरण गर्न पुग्नु हुनेछ ।

आइतवार (भोलि) उहाँले दमकको सडक लगायतका उद्घाटन कार्यक्रममा सहभागी भएर अपराह्न विर्तामोडमा कार्यकर्ता भेलालाई सम्बोधन गर्नु हुनेछ ।