२९ साउन २०८२, बुधवार

पालिया खोलामा भेटियो महिलाको शब

२६ साउन २०८२, आइतवार
Image

झापा, २५ साउन । मेचीनगरको वडा नं. ७ सिद्धार्थ टोलमा एक महिलाको डुबेर मृत्यु भएको छ ।

प्रहरीका अनुसार आज विहान साढे नौ बजेतिर स्थानीय पालिया खोलामा मृत अवस्थामा अन्दाजी ५५ वर्षीया महिला फेला परेकी हुन् ।

उनको नाम र ठेगाना खुल्न सकेको छैन । खोलामा घोप्टो परेको अवस्थामा उनको शब भेटिएको प्रहरीले जनाएको छ ।