झापा, ५ भदौ । ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले भदौ ६ गते शुक्रवार धुलाबारीमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
मेचीनगर वडा नं. १० धुलावारीस्थित राधास्वामी सत्संग भवनमा विहान ८ बजेदेखि कार्यक्रम सुरु हुने कार्यक्रममा सहभागी भएर रकतदान गरिदिन हुनु केन्द्रकी प्रमुख ब्रह्माकुमारी अनुसा दिदीले अनुरोध गर्नु भएको छ ।
उहाँका अनुसार ब्रह्माकुमारी राजयोग सेवा केन्द्रको समाजसेवा प्रभागले आह्वान गरेको ग्लोबल मेगा रक्तदान अभियानको क्रममा धुलाबारीमा कार्यक्रमको आयोजना गरिएको हो ।
विश्वका १३७ देशमा केन्द्रको शाखा रहेको र सबै शाखामा यसै साता रक्तदान कार्यक्रमको आयोजना गरिएको बताइएको छ ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी, रोटरी क्लव, विद्यालय, कलेज तथा सामाजिक संघ संस्थाहरुले सहकार्य गरिरहेका छन् ।