८ असोज २०८२, बुधवार

इस्ट होराइजनका पूर्वविद्यार्थीद्वारा प्रहरीलाई एक लाख बराबरको सहयोग

६ असोज २०८२, सोमवार
Image

झापा, ६ असोज । जेनजी आन्दोलनमा तोडफोड भएको धुलाबारी इलाका प्रहरी कार्यालयको झ्याल इस्ट होराइजन अंग्रेजी माविका पूर्वविद्यार्थीले निर्माण गरिदिएका छन् ।

पूर्व विद्यार्थीहरुको संंस्था इस्ट होराइजन एलुम्नाइ सोसाइटीले क्षतिग्रस्त प्रहरी भवनको झ्याल निर्माणमा रु. एक लाख बराबरको सहयोग गरेको सोसाइटीका अध्यक्ष भूमि पौडेलले बताउनुभयो ।

आज दिउँसो इप्रकामा आयोजित एक कार्यक्रममा सोसाइटीले निर्माण गरेर ल्याएका झ्यालहरु हस्तान्तरण गरेको छ । 

विद्यालयका पूर्वविद्यार्थीहरुबाट संकलन गरिएको रकमले झ्याल निर्माण गरिएको सोसाइटीका महासचिव हिमाल खरेलले बताउनुभयो ।

झ्याल हस्तान्तरण कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल सञ्जीव राईले आफ्नै क्षेत्रको सुरक्षा निकायलाई अप्ठेरो परेको अवस्थामा सहयोग पुर्याएकोमा पूर्व विद्यार्थीहरुलाई धन्यवाद दिनु भएको थियो ।