२७ असोज २०८२, सोमवार

झापाका बाढी प्रभावित क्षेत्रको मन्त्री घिसिङद्वारा अवलोकन

२६ असोज २०८२, आइतवार
Image

झापा, २६ असोज । भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकास मन्त्री कुलमान घिसिङले झापाका बाढी प्रभावित क्षेत्रको आज विहान अवलोकन गर्नुभएको छ ।

उहाँले कनकाई नदी र विरिङ नदीले क्षति पुर्याएको अर्जुनधारा नगरपालिका र झापा गाउँपालिकाका पुल र वस्तीको अवलोकन गर्नुभएको हो । 

बाढी र पहिरो प्रभावित क्षेत्र इलामका विभिन्न स्थानको अवलोकन गरेर फर्कने क्रममा उहाँले अर्जुनधारा नगरपालिकाको बुट्टाबारीदेखि सालबारी हुँदै चियापानीबाट कालिस्थान जोड्ने सडक र मंगलमडी मार्गको स्थलगत अवलोकन गर्नुभएको छ । 

मन्त्री घिसिङले झापा गाउँपालिकास्थित हुलाकी सडक खण्ड अन्तरगतको कनकाई माई खोलामा बन्दै गरेको पुल र बर्षाको कारण दविएको सानो माईको पुलको समेत अवलोकन गर्नुभएको सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईले जानकारी दिनुभयो । 

सोही क्रममा उहाँले झापा गाउँपालिका–२ का बाढी प्रभावित बासिन्दासँग समेत छोटो अन्तरक्रिया गर्नुभएको थियो ।