२८ असोज २०८२, मङ्गलवार

कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी खड्कालाई

२८ असोज २०८२, मङ्गलवार
Image

झापा, २८ असोज । नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी पूर्णबहादुर खड्कालाई दिइएको छ ।

पार्टी कार्यालय सानेपामा आज सुरु भएको केन्द्रीय समितिको बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति खड्कालाई दिएको हो । 

गत २४ भदौमा भएको जेनजी आन्दोलनपछि पार्टी अध्यक्ष शेरबहादुर देउवा पहिलोपटक सार्वजनिक हुनुभएको हो । देउवाले नै खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिनुभएको हो ।