झापा, २४ मंसिर । युथ फोर सोसाइटी मेचिनगर–१५ ले आज ज्ञानदीप प्राथमिक विद्यालयमा कक्षा १, २ र ३ का अध्ययनरत् विद्यार्थीलाई न्यानो नयाँ कपडा वितरण गरेको छ ।
जाडोमा बालबालिकाले सहज रूपमा विद्यालयमा पठनपाठन गर्न सकुन् भन्ने उद्देश्यका साथ न्यानो कपडा वितरण गरिएको हो । सो अवसरमा ३५ जनालाई स्वीटर वितरण गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नगेन राजबंशी र प्रधानाध्यापक अन्नु पौडेलको उपस्थितिमा विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको थियो । उक्त अवसरमा विद्यालयका शिक्षक–शिक्षिका, युथ फोर सोसाइटी मेचीनगरका संयोजक जयराम दाहाल लगायत पदाधिकारीहरु खिरोज बराल (कोषाध्यक्ष), आयुस्का श्रेष्ठ (सचिव), स्मृति राउत (कोषाध्यक्ष), दीक्षा साह (उपकोषाध्यक्ष) तथा मनिसा बुढाथोकी (सदस्य) सहभागी हुनु भएको थियो ।
न्यानो कपडा वितरण अभियानमा काजल थाम्सुहाङले सहयोग पुर्याउनु भएको जनाइएको छ ।