६ जेठ २०८३, बुधवार

उद्धार नपाएरै मर्यो ‘गौर’

६ जेठ २०८३, बुधवार
Image

मेचीनगर, ६ जेठ । समयमै उद्धार हुन नसक्दा मेचीनगर–६ काँकडभिट्टा बजार क्षेत्रमा आज विहान जंगली गौरी गाईको साँढे ‘गौर’ले मृत्युवरण गरेको छ ।

विहान ६ बजेतिर बाटो बिराएर सहर पसेको उक्त गौर स्थानीयबासीको घरघरै दौडिएको थियो । दौडिने क्रममा पर्खाल र ढोकामा ठोक्किएर घाइते भएको गौर अन्ततः एउटा घरको ढोका अगाडि लम्पसार परेको थियो ।

ढलेको एक घण्टासम्म उद्धारको कुनै पहल नहुँदा गौरले प्राण त्यागेको थियो । मेची चरा तथा बन्यजन्तु संरक्षण समाजका अध्यक्ष देबेन्द्र खरेलले घाइते गौरको समयमै उद्धार भएको भए बाँच्ने सम्भावना रहेको बताउनुभयो ।

डिभिजन बन कार्यालय झापाले गौर मरिसकेपछि पोस्टमार्टम जाँचका लागि पशु चिकित्सक डा. जितेन्द्र यादवको नेतृत्वमा एउटा टोली घटनास्थल पठाइएको छ ।

भारतीय जंगलबाट बेलबेला नील गाई, गौरी गाई र चितुवा जस्ता जंगली जनावरहरु नेपाल पस्ने गरेका छन् ।

(तस्विर : देबेन्द्र खरेल )