झापा, १५ जेठ । अर्थमन्त्री स्वर्णिम वाग्लेले कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि गर्ने घोषणा गर्नु भएको छ ।
अहिले कर्मचारीले पाइरहेको महँगी भत्तालाई निरन्तरता दिइएको उहाँले बताउनु भयो ।
विगत चार वर्षदेखि तलब वृद्धि नभएको र यसबीचमा १७.३ प्रतिशत महँगी बढेको छ ।
सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रूपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।
आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो जानकारी दिनु भएको हो ।
चालू खर्चतर्फ १२ खर्ब ७० अर्ब ५८ करोड रूपैयाँ विनियोजन गरिएको छ भने पुँजीगत खर्चतर्फ १० खर्ब रुपैयाँ छुट्याइएको छ । साथै वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब २४ करोड रुपैयाँ विनियोजन गरिएको छ ।