धुलाबारी, ६ असार । महालक्ष्मी कृषि सहकारी संस्थाको आयोजनामा एक दिवसीय कृषिमा नविन प्रविधि तथा जैविक उत्प्रेरकहरुको प्रभावकारी प्रयोग सम्बन्धी तालिम सम्पन्न भएको छ ।

मेचीनगर नगरपालिकाकी उपप्रमुख मिना उप्रेतीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय सहकारी संघ जिल्ला उपाध्यक्ष दुर्गाप्रसाद सापकोटा, राष्ट्रिय सहकारी बैंक धुलाबारी शाखाका प्रमुख प्रेम श्रेष्ठ, कृषि अभियान्ता डिल्लीप्रसाद उप्रेतीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
संस्थाकी अध्यक्ष टीका सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण टेकबहादुर पोखरेल र आकाश कार्कीले गर्नुभएको थियो । तालिम संस्थाका शेयर सदस्यहरुलाई प्रदान गरिएको थियो ।