१५ वैशाख २०८१, शनिवार

राष्ट्रिय सहकारी बैंक प्रदेश सञ्चालकमा गिरी

७ पुष २०७९, बिहिवार
Image

झापा, ७ पुस । राष्ट्रिय सहकारी बैंकको प्रदेश नं १ को सञ्चालकमा महेन्द्र गिरी सर्वसम्मत चयन भएका छन् ।
प्रदेश नं १ बाट सञ्चालकका लागि बुधबार गिरी र कृष्ण दाहालको उम्मेद्वारी परेपनि विहीबार दाहालले उम्मेदवारी फिर्ता लिएपछि गिरी सर्वसम्मत भएको निर्वाचन उपसमितिका सदस्य रामशरण शर्मा घिमिरेले बताए ।
यसअघि अध्यक्षमा केबी उप्रेती तथा गण्डकी प्रदेश सञ्चालकमा रामबहादुर जिसी र मधेश प्रदेश सञ्चालकमा विश्वनाथ मण्डलको मात्रै उमेद्वारी परेपछि निर्विरोध भइसकेका छन् । यस्तै योग्यता नपुगेको भन्दै लेखा समिति संयोजक राजु पुरीको उम्मेद्वारी खारेज भएपछि लक्ष्मीप्रसाद उप्रेती पनि निर्विरोध बनेका छन् ।
अब प्रदेश सञ्चालकमध्ये बागमतीमा ५ जना र कर्णालीमा ३ जनाको उम्मेद्वारी छ । महिलाका लागि छुट्याइएको लुम्बिनी र सुदुरपञ्चिम प्रदेश सञ्चालकमा पनि ४ जनाको उम्मेद्वारी रहेको छ ।
यसैगरी खुल्ला सदस्यमध्ये ४ जनाको लागि ३३ जनाको उम्मेद्वारी परेकोमा युगेश पौडेलको खारेज भएसँगै ३२ जना बाँकी छन् ।
महिला खुल्ला ३ पदका लागि ७ जनाको उमेद्वारी रहेकोमा विमला साहको पनि खारेज भएपछि ६ जना बाँकी रहेका छन् । यस्तै लेखा समिति सदस्यमा ५ जना र महिला सदस्यमा ३ जनाको उम्मेद्वारी छ ।
निर्वाचन उपसमितिले उम्मेद्वारी फिर्ता लिनका लागि विहीबार ५ बजेसम्म समय दिएकाले सर्वसम्मतको प्रयास भइरहेको स्रोतले जनाएको छ ।
बैंकको १९औं वार्षिक साधारण सभा पुस १६ गते हुँदैछ । सात वटै प्रदेशमा हुन लागेको वार्षिक साधारण सभामार्फत नयाँ सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिको निर्वाचन गर्ने कार्यक्रम अन्तरगत पुस ६ गतेका लागि उम्मेद्वारी दर्ताको समय तोकिएको थियो ।

लेखकको बारेमा
Image
अर्जुन कार्की

लोकतन्त्र पोस्टका पूर्वसहकर्मी अर्जुन कार्की हाल मेचीनगर अनलाइनका सम्पादक हुनुहुन्छ ।