२० वैशाख २०८१, बिहिवार

जेठाजुको हत्या आरोपमा बुहारी पक्राउ

९ पुष २०७९, शनिवार
Image

दुधे, ९ पुस । शिवसताक्षी नगरपालिका वडा नं. १० टेक्रा निवासी ४८ वर्षीया रनमाया बाँस्तोला जेठाजुको हत्या गरेको आरोपमा पक्राउ परेकी छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी बसन्त पाठकका अनुसार अभियुक्त बाँस्तोलाले घाँस काट्न कनकाई नदीको बगरमा गएको बेला हसियाँ प्रहार गरी पुस ६ गते ५५ वर्षीय जेठाजु पदमलाल बाँस्तोलाको हत्या गरेको प्रहरीसमक्ष बयान दिएकी छन् ।

मृतकको शब सोही वडाको कनकाईको काँसघारीमा पुस ७ गते फेला परेपछि प्रहरीले शंका लागी सोधपुछका लागि पुस ८ गते मृतककै बुहारी रनमायालाई नियन्त्रणमा लिएको थियो ।

हाल घटनाको थप अनुसन्धानका लागि अभियुक्तलाई इलाका प्रहरी कार्यालय झिलझिलेमा राखिएको छ । हत्यामा प्रयोग भएको हसिया समेत प्रहरीले बरामद गरिसकेको जनाएको छ ।