१५ वैशाख २०८१, शनिवार

प्रतिष्ठानमा गुञ्जिए धनकुटे कान्छाका कविताहरु

१६ पुष २०७९, शनिवार
Image

भद्रपुर, १६ पुस । युवा कवि धनकुटे कान्छाको एकल कविता बाचन गर्दै वत्र्तमान साहित्य प्रतिष्ठान भद्रपुरको साधारणसभा थप रोचक बन्यो ।

प्रतिष्ठानले शुक्रवार चन्द्रगढीमा २५ औं वार्षिक साधारणसभामा एकल कविता बाचनका लागि दमकका कवि धनकुटे कान्छालाई उभ्याएको थियो ।

उहाँले पुराना र नयाँ कविताहरु बाचन गर्दै मुलुकमा राजनीतिक क्रान्ति र नेतृत्वको अनुहार फेरिए तापनि आम नागरिकका सास्ती र दुःख उस्तै रहेको बताउनुभएको थियो ।

प्रतिष्ठानका अध्यक्ष डिल्लीरमण नेपालको अध्यक्षता तथा आख्यानकार पुन्यप्रसाद खरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा साहित्यकार कृष्ण वराल, संगीतकार हस्त परियार, पत्रकार मोहन काजी, भद्रपुर नगर कार्यपालिका सदस्य सीता गुरागाई लगायतले धारणा राख्दै साहित्य देश र जनताको आवाज बन्नु पर्ने बताउनु भएको थियो ।

कार्यक्रममा अध्यक्ष नेपालले प्रतिष्ठानको वार्षिक गतिविधि पेश गर्दै भद्रपुर नगरपालिका क्षेत्रलाई साहित्यको केन्द्र बनाउन लागि पर्ने अवधारणा पेश गर्नु भएको थियो ।

सो अवसरमा वक्ताहरुले कविताहरु कमजोर बन्न थालेको धारणा व्यक्त गर्दै शासकहरुलाई कविताको प्रहारले छुन छाडेको बताउनुभएको थियो ।

कार्यक्रममा कवि धनकुटे कान्छाले विभिन्न चराको आवाज नक्क्ल गरेर सुनाउनु भएको थियो ।