७ वैशाख २०८१, शुक्रवार

कर्मचारी मिलन केन्द्रको बनभोजसहित साधारणसभा

१६ पुष २०७९, शनिवार
Image
Gallery Images

झापा, १६ पुस । कर्मचारी मिलन केन्द्र झापाको १८ औं बार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । 

शिवसताक्षी नगरपालिकामा रहेको पर्यटकीय स्थल दोमुखामा बनभोजसहित आयोजित कार्यक्रममा जिल्ला अदालत झापाका न्यायाधीश चन्द्रमणि ज्ञवाली प्रमुख अतिथि रहेका थिए । 

उनले मिलन केन्द्रले कर्मचारीहरुको क्षमता विकासका लागि विभिन्न समयमा गर्दै आएको कार्यक्रमको प्रशंसा गरेका थिए । 

मिलन केन्द्रका संरक्षक तथा प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले कर्मचारीका पीरमर्का विसाउने, एकआपसमा सद्भाव, भ्रातृत्व कायम गर्ने थलोको रुपमा मिलन केन्द्रले काम गर्दै आएको बताए  । 

कार्यक्रममा संस्थाले गरेको बार्षिक गतिविधिसहितको आर्थिक प्रतिवेदन कोषाध्यक्ष दामोदर घिमिरेले प्रस्तुत गरेका थिए । बनभोजसहित रहेको कार्यक्रममा जिल्लाका सबै कार्यालयका कर्मचारीहरुको उपस्थित रहेको थियो । 

कार्यक्रममा गायन, नृत्य प्रतियोगिता, हण्डीफोर र म्यूजिकल चियरलगायतका कार्यक्रमहरु सम्पन्न भएका थिए । कार्यक्रममा प्रथम, द्वितीय र तृतीय हुने सबै प्रतियोगीहरुलाई नगद पुरस्कार प्रदान गरिएको केन्द्रका अध्यक्ष रुद्रप्रसाद न्यौपानेले बताए । 

उनले प्रत्येक बर्ष मिलन केन्द्रले साधारणसभाको आयोजनासहित बनभोज कार्यक्रम गर्दै आएको जानकारी दिए ।