८ वैशाख २०८१, शनिवार

प्रदेश १

प्रचण्डका ज्वाईसहित माओवादीका दुई र एमालेका एक मन्त्री थपिए

२९ पुष २०७९, शुक्रवार
Image

झापा, २९ पुस । प्रदेश १ का मुख्यमन्त्री हिक्मत कुमार कार्कीले माओवादी केन्द्रका दुई र नेकपा एमालेका एकजना मन्त्री थपेर मन्त्रिपरिषद विस्तार गर्नुभएको छ ।

उहाँले आज विश्वासको मत लिनुअघि माओवादी केन्द्रका जीवन आचार्य र दुर्गा चापागाईं तथा नेकपा एमालेबाट बुद्धिकुमार राजभण्डारीलाई मन्त्री नियुक्त गर्नु भएको हो ।

प्रधानमन्त्रीपुष्पकमल दाहाल प्रचण्डका ज्वाई आचार्य मोरङबाट, चापागाईं तेह्रथुमबाट र राजभण्डारी सोलुखुम्बुबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । उहाँहरुको मन्त्रालय तोकिएको छैन ।

यसअघि मुख्यमन्त्री कार्कीले चार सदस्यीय मन्त्रिपरिषद गठन गरेका थिए ।

विश्वासको मत पाइसकेपछि मन्त्रिपरिषदलाई पूर्णता दिने मुख्यमन्त्री कार्कीले बताएका छन् ।