७ वैशाख २०८१, शुक्रवार

दुर्घटना अपडेट

भग्नावशेषमा ३२ शब भेटियो

१ माघ २०७९, आइतवार
Image

झापा, १ माघ । पोखरामा दुर्घटनाग्रस्त विमानको भग्नावशेषबाट ३२ जनाको शव निकालिएको छ ।

काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका ४ जना सदस्य लिएर पोखराका लागि उडेको यति एयरलाइन्सको जहाज आइतबार बिहान सेती दोभानमा खसेको थियो ।

उद्धार स्रोतका अनुसार ११ बजेर ३० मिनेट जाँदासम्म दुर्घटनास्थलबाट ३२ जनाको शव निकालिएको छ ।

पुरानो विमानस्थलको पछाडिपट्टि रहेको सेती नदी दोभानमा जहाज खसेको थियो । सोही जहाज हालै पोखरामा नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थलमा डेमो अवतरण सफलतापूर्वक गरेको थियो ।