१५ वैशाख २०८१, शनिवार

नेपालगञ्जबाट उडेको श्रीएयर भद्रपुरमा उत्रियो

६ माघ २०७९, शुक्रवार
Image

झापा, ६ माघ । पश्चिमको नेपालगञ्ज विमानस्थलबाट उडेको श्रीएयरको विमान आज विहान चन्द्रगढी विमानस्थलमा अवतरण गरेको छ ।

आज बिहान करिब साढे ७ बजे उडेको श्री एयरलाइन्सको ४४० विमान ९ बजेर ६ मिनेटमा चन्द्रगढी विमानस्थलमा सकुशल उत्रिएको हो ।

सो विमान काठमाडौको मौसममा सुधार भएपछि भद्रपुरबाट काठमाडौ फर्किसकेको छ ।

बिहान काठमाडौंमा भिजिबिलिटी कम भएका कारण अवतरण हुन नसकेर चन्द्रगढी डाइभर्ट भएको हो ।

भिजिबिलिटी कम भएका कारण त्रिभुवन विमानस्थलबाट उडान प्रभावित भएको छ ।

यसैगरी, क्वालालम्पुरबाट आजै विहान आएको अर्को जहाज पनि काठमाडौंमा अवतरण गर्न नसकेर कोलकाता फर्किएको छ ।